Logo

सामसुङको बन्डलिङ अफर, ग्यालेक्सी नोट एट खरिद आकर्षक उपहार

सामसुङको बन्डलिङ अफर, ग्यालेक्सी नोट एट खरिद आकर्षक उपहार


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । सामसुङले ग्यालेक्सी नोट एट खरिदमा विभिन्न सुविधा उपलब्ध गराउने भएको छ ।

ग्यालेक्सी नोट एट को बन्डलिङ अफर अन्तर्गत सो स्मार्टफोनको खरिदमा बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबिको फोरजि डाटा सुविधा पनि उपलब्ध गराउन लागेको हो ।

फोरजि डाटा प्रति महिना २ जिबिका दरले ८ महिनासम्म ग्राहकलाई निरन्तर प्राप्त हुने छ । साथै विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ताबन्दीको सुविधा पनि मिलाइएको छ ।

ग्यालेक्सी नोट एटमा भएको इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र ट्र डुअल क्यामराले यसलाई थप आकर्षक बनाएको छ ।

यसमा भएको डुअल क्यामर र अप्टिकल इमेज स्ट्यावलाइजेशनले जस्तो सुकै अवस्थमा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL