Logo

हल्लाको भरमा चलेको सेयर बजार, आखिर किन हुन्छ यस्तो ?

हल्लाको भरमा चलेको सेयर बजार, आखिर किन हुन्छ यस्तो ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । विज्ञहरुले सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा बताएपनि नेपालको सेयर बजार भने ठिक त्यसको विपरित हिडिरहेको छ । कुनै पनि कम्पनीको सुचकाङ्कको आधारमा सो कम्पनीको सेयर मूल्य निर्धारण हुनुपर्नेमा कुन व्यक्तिले के बोल्छ त्यसको आधारमा बजार चलिरहेको छ ।

केही समय अघि अर्थमन्त्री डा. युवराज खतिवडाले अबका दिनमा सरकारले घरजग्गा, सेयर बजार तथा उपभोग्य बस्तु लगानीको प्राथमिकतामा नपर्ने भन्दै अभिव्यक्ति दिएसँगै सेयर बजारमा दैनिकजसो उच्च गिरावट आयो । सामान्य अभिव्यक्तिको भरमा नै लगानीकर्ताहरुको मनोविज्ञानमा उच्च परिवर्तन आउने गरेको छ । साथै हिजोमात्रै अर्थमन्त्री डा. खतिवडाले सेयर बजारको विषयमा आफुले कनै कुरा नबोलेको बताएसँगै सोमबार सेयर बजार पुनः अकासिएको छ ।

केही समय अघि नियामक निकायले धितोपत्र बोर्डले सेयर बजारमा भइरहेको लगानीको बिषयमा अनुसन्धान गर्ने अभिव्यक्ति दिँदा पनि बजारमा उच्च गिरावट आएको थियो । कुनै नियामक निकायले सेयर बजारमा शुद्धिकरण वा सो विषयमा कुनै नयाँ नियम बनाउने भन्ने वितिकै बजारमा दैनिक जसो दोहोरो अंकको गिरावट आउने गरको छ । कुनै बेला बोर्डले सेयर बजारमा स्रोत नखुलेको रकम (कालोधन) भित्रिएको भन्दै छानविन शुरु गर्ने बताएको थियो । त्यतिवेला पनि सेयर बजारमा उच्च गिरावट आएको थियो । जसबेला लगानीकर्तालेहरु तत्कालिन अर्थमन्त्रीलाई नै भेटर कालोधनको विषयमा छानविन गर्न रोक लगाएका थिए ।

नेपालको पूँजी बजारमा परिपक्क नभएको र सिमित व्यक्तिको चलखेलले गर्दा समयसमयमा समस्यामा पर्ने कारणले गर्दा पनि नियामक निकायको सामान्य अभिव्यक्ति तथा कुनै एक व्यक्तिले चाएको हल्लाको भरमा बजारमा उतारचढाव आउने गरेको एक लगानीकर्ताले बताए । साथै बजारमा बुझेरभन्दा पनि कुनै एक व्यक्तिको हलैलहैमा लगानीगर्ने लगानीकर्ताहरुको उपस्थिती बाक्लो हुँदा पनि बजारले समयसमयमा दुर्दशा भोग्नु परेको उक्त लगानीकर्ताको दाबी थियो । विशेषगरी ब्रोकर अफिसमा केही ठूला लगानीकर्ताले आफु अनुकुल हल्ला फैलाउँदा अन्य लगानीकर्ताहरु पनि त्यसैको पछि लाग्ने गरेका छन् ।

केही समयअघि नवनियुक्त अर्थमन्त्री डा. खतिवडाले सेयर बजारमा केही कडाई गर्ने संकेत गरेसँगै दैनिक ५० अंकभन्दा माथी घटेको बजारमा आज पुनः द्वुत गतिमा उकालो लागेको छ । अर्थमन्त्रीले आफुले सेयर बजारको विषयमा कुनै कुरा नबोलेको बताएसँगै आज कारोबार खुलेको आधा घण्टा मै दोहोरो अंकको बृद्धि भएको थियो ।  तर, बन्द हुँदा पुनः १७ अंकले घट्दै नेप्से परिसुचक १ हजार ३ सय अंकभन्दा तल झरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL