Logo

राई र गुरूङ्गले जिते आइएमईको ‘आइफोन एक्स’

राई र गुरूङ्गले जिते आइएमईको ‘आइफोन एक्स’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइएमइको ‘आइएमई गरौं, आईफोन एक्स जितौ स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई भएका छन । कम्पनीले बेलायत, अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरि गत डिसेम्बर १५ देखि २ महिना लामो स्किम सार्वजनिक गरेको थियो ।
स्किम अन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीहरू मध्येबाट हरेक दिन ५ जना भाग्यशाली विजेतालाई प्रतिव्यक्ति २ वटा चन्द्रागिरि केवलकारका टिकट उपलब्ध गराइएको थियो ।

यसका साथै प्रत्येक महिना एकजना भाग्याशाली विजेतालाई ‘आइफोन एक्स’ उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।
सो कार्यक्रममा आइएमईका प्रमुख विक्री अधिकृत रुद्रराज पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम क्लिक गरेका थिए । जसअनुसार राइको नाम परेको थियो । उनले बेलायतबाट नेपालमा ३४ हजार ४ सय ३६ नेपाली रुपैयाँ पठाएका थिए ।

यसका साथै योजना अवधिमा विदेशस्थित कम्पनीका व्यवसायिक साझेदार संस्थाहरुबाट आइएमई गरि नेपाल पठाएको पैसा लिने सेवाग्राहीहरू मध्येबाट लाल बहादुर गुरुङ्ग भाग्यशाली विजेता छनोट भएको कम्पनीले जानकारी दिएको छ । आइएमई लिमिटेडका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सफ्टवेयर पद्धतिमार्फत उनको नाम हात पारेका थिए ।

कम्पनीले हाल १ सय ६० आईएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL