Logo

अष्ट्रेलिया उडान उद्घाटनका अवसरमा कतार एयरवेजले गर्याे काठमाडौंमा पत्रकार सम्मेलन

अष्ट्रेलिया उडान उद्घाटनका अवसरमा कतार एयरवेजले गर्याे काठमाडौंमा पत्रकार सम्मेलन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कतार एयरवेजले आफ्नो नयाँ गन्तव्यको उडानको उद्घाटन गर्न नेपालमा प्रेस सम्मेलन गरेको छ ।

सोमबार एक कार्यक्रमबीच अष्ट्रेलियाको राजधानी क्यानवेरको उडान उद्घाटनको लागि एयरवेजले उक्त सम्मेलन गरेको हो ।

सो सम्मेलनमा कतारका देश प्रबन्धक जय प्रकाश नाइरले कतारको दोहाबाट बढि भन्दा बढि यात्रु नयाँ गन्तव्य क्यानवेरामा लिने बताएका छन । यसका साथै उनले अष्ट्रेलिया एयरवेजको पाँचौं गन्तव्य रहेको बताए ।

यसैगरी उनले यो नयाँ गन्तव्यको उडान उद्घाटनले अष्ट्रेलियाका यात्रुहरुलाइ थप सेवा तथा सुविधा प्रदान गर्ने पनि जानकारी दिए ।

नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर ग्रीम बड् ले कतार एयरवेजलाई स्वागत गर्दै देशको पूंजिमा राम्रो सहयोग पुग्ने बताए ।

क्यानवेराको दैनिक उडान पश्चात कतार एयरवेजको अष्ट्रेलियाका लागि हप्तामा ४२ ओटा उडान हुनेछन ।

यसअघि कतार एयरवेजले एडेलेड, मेलबर्न, पर्थ र सिड्नीमा उडान भर्दे आइरहेको थियो । तर यसपछि सिड्नीमा पनि यो उडान ट्रान्जिटको लागि केहिवेर रोकिने छ , जहाँबाट यात्रुहरु झर्न तथा ओर्लिन सक्नेछन ।यसले एक नयाँ गन्तव्यको सुरुवात गर्न मद्धत पुग्नेछ ।

हाल अष्ट्रेलियामा ३ लाखभन्दा बढि नेपाली बसोबास गर्दै आइरहेका छन । त्यसैगरी ठुलो मात्रामा विद्यार्थिहरु पनि त्यहाँ जाने गर्दछन ।

हालैको भिसा सहजिकरणले कतारका नागरिकको भलाइका लागि यो रुट खोलिएको हो । यसका साथै कतार एयरवेजको कार्गाे क्षमता हप्तामा ६ सय ३० टनले बढ्ने छ । क्यानवेराका लागि बोइङ वि ७७७ जहाजद्धारा यात्रा सञ्चालन गरिनेछ । जसमा ४२ ओटा व्यापारिक फ्ल्याटवेड तथा ३ सय १६ ओटा आर्थिक सिट रहेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL