Logo

सामसुङको कुकिङ क्लास धनगढी र नेपालगंजमा, ८० प्रतिशतसम्म कम तेलको खपत

सामसुङको कुकिङ क्लास धनगढी र नेपालगंजमा, ८० प्रतिशतसम्म कम तेलको खपत


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । नेपालगञ्ज र धनगढीमा हिम इलेक्ट्रोनिक्स प्रालिले माइक्रोवेभ ओभन ‘कुकिङ क्लास’ आयोजना गरेको छ ।

उक्त कुकिङ क्लासको आयोजना नेपालगञ्जस्थित मनकामना इलेक्ट्रोनिक्स हाउस र धनगढीस्थित दिनेश ट्रेडिङ हाउसमा सम्पन्न गरेको छ ।
कार्यक्रम फागुन १० गते नेपालगञ्ज र फागुन १२ गते धनगढीमा आयोजना गरिएको थियो ।

सामसुङ प्लाजाका प्रतिनिधिहरूबाटै दिइएको प्रशिक्षणको मुख्य उद्देश्य सहभागीहरूलाई सामसुङका विभिन्न माइक्रोवेभ ओभनको प्रयोग गर्दै विभिन्न मिठा परिकारहरू बनाउन सिकाउनु रहेको कम्पनीको भनाई छ ।

माइक्रोवेभ ओभन कुकिङ क्लासका सहभागीहरूले सामसुङको माइक्रोवेभ ओभन प्रयोग गरेर पुलाऊ, मटर–पनिर, ग्रिल्ड चिकेन, पिज्जा, केक र अन्य परिकारहरू पकाउने प्रशिक्षण लिएका थिए ।

प्रशिक्षणमा मुख्य रुपमा सामसुङका स्लिम फ्राइ माइक्रोवेभ, कनभेन्सन माइक्रोवेभ ओभन, ग्रिल र सोलो माइक्रोवेभ ओभनको प्रदर्शन गरिएको थियो । जसमा ८० प्रतिशतसम्म कम तेलको प्रयोग गरेर विभिन्न परिकारहरू पकाउन सकिन्छ ।

कार्यक्रममा सामसुङ प्लाजाका निर्देशक सीमा गोल्छाले सहभागीहरू सामसुङको माइक्रोवेभ ओभन प्रयोग गरेर पकाउन निकै उत्सुक भएको बताइन् । साथै ग्राहकहरूलाई स्वस्थ रहन प्रोत्साहन गर्न सकेकोमा आफु निकै हर्षित रहेको समेत सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL