Logo

गुगल, फेसबुक तथा ट्वीटरसहित विश्वका १ हजार प्रतिनिधि काठमाडौंमा, भरिभराउ तारे होटल

गुगल, फेसबुक तथा ट्वीटरसहित विश्वका १ हजार प्रतिनिधि काठमाडौंमा, भरिभराउ तारे होटल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अहिले काठमाडौमा गुगल, फेसबुकसहितका १ हजार भन्दा सूचना प्रविधिका प्रतिनिधिहरुले काठमाडौंका होटल भरिभराउ छन् ।
काठमाडौंमा जारी एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) मा भाग लिन विश्वभरका प्रतिनिधि आएका हुन् ।

एप्रिकोटको २२ बर्षे इतिहासमा सबैभन्दा बढी प्रतिनिधि सहभागी भएको यस समिटको संयोजन इन्टरनेट एक्स्चेन्ज नेपाल (एनपिआइएक्स)ले गरेको छ । सम्मेलनको आयोजना एशिया प्यासिफिक इन्टरनेट एसोसिएसन (एपिआइए) र एशिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपिएनआइसी)ले संयुक्त रुपमा गरेका हुन् ।

सम्मेलनमा ६५ देशका इन्टरनेटको पृष्ठभूमीमा बसेर काम गर्ने प्रतिनिधिको सहभागी रहेको एनपिआइएक्सका अध्यक्ष गौरवराज उपाध्यायले जानकारी दिए । एप्रिकोटको पहिलो चरणमा सूचना प्रविधि क्षेत्रका विज्ञहरुले इन्टरनेट अफ थिङ्स, सुरक्षा, नेटवर्क ब्यवस्थापन र राउटिङ विषयमा प्रशिक्षण दिएका थिए । तालिममा १ सय ९० जनाको सहभागिता थियो । यसको सम्मेलनको औपचारिक उद्घाटन आज याक एन्ड यति होटलमा हुँदैछ ।

यस सम्मेलनमा ग्लोबल इन्टरनेट टेक्नोलोजीका विविध विषयमा छलफल हुने उपाध्यायले जानकारी दिए । सम्मेलनमा इन्टरनेट जाइन्ट कम्पनीहरु गुगल, फेसबुक ट्वीटरलगायतका प्रतिनिधिहरु पनि सहभागी छन् ।
सम्मेलनको प्रमुख बक्ता भिप्टेलाका सहसंस्थापक अमिर खान हुनेछन् । भिप्टेला अल्टरनेटिभ नेटवर्किङ कम्पनी हो । यसलाई गत बर्ष ग्लोबल जाइन्ट कम्पनी सिस्कोले ८ सय मिलियन डलर (करिव ८० अब रुपैर्याँ ) मा किनेको थियो ।

सम्मेलन १० दिनसम्म चल्नेछन् । त्यसमध्ये ५ दिनसम्म सम्मेलनपूर्वका कार्यशाला भइसकेका छन् । वर्कसप सकिएपछि सेक्योर राउटिङ, सफ्टवेयर डिफाइन्ड नेटवर्किङ (एसडिएन) र नेटवर्क फङ्सन भच्युअलाइजेसन (एनएफभी) मा केन्द्रीत रहेर सम्मेलन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL