Logo

संचयकर्तालाई शुक्रबारदेखि साञ्जेन र रसुवागढीको सेयर, संचयकर्ता आफै उपस्थित हुनुपर्ने

संचयकर्तालाई शुक्रबारदेखि साञ्जेन र रसुवागढीको सेयर, संचयकर्ता आफै उपस्थित हुनुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीले संचयकर्ताका लागि शुक्रबार देखि सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ताका लागि उक्त सेयर शुक्रबारदेखि खुला गर्न लागेको हो ।

दुई कम्पनीले संचयकर्ता, कोषका कर्मचारीका लागि २ अर्ब ५१ करोड ६० लाख बराबरको साधारण सेयर (आइपीओ) निष्काशन गर्न लागेको हो ।

साञ्जेन हाइड्रोपावरले पहिलो चरणमा ७ लाख २९ हजार ७ सय ६१ जना सञ्चयकर्ताको लागि सेयर निष्काशन खुल्ला गर्नेछ । यसैगरी यसैगरी रसुवागढी जलविद्युत आयोजनाले पनि शुक्रबार देखि नै ८ लाख ६८ हजार ३ सय ९५ जना सञ्चयकर्तालाइ सेयर खुला गर्ने जानकारी दिएको छ ।

कम्पनीको सेयर खरिदका लागि आवेदकले साथमा संचयकर्ताको परिचयपत्रको प्रतिलिपी सहितको निवेदन आफ्नो खाता रहेको बैंकमा दिनुपर्ने व्यबस्था रहेको छ । यसका साथै सो निवेदन दिनको लागि आवेदक स्वयम बैंकमा उपस्थित हुनुपर्ने छ ।

यसैगरी आवेदन दिने प्रत्येक सञ्चय कर्ताको विवरण सि–आस्वा प्रणालीमा उपलब्ध हुने भएकोले परिचयपत्र आवस्यक भएको सिडिएस एन्ड क्लियरिङ लिले जानकारी दिएको छ ।

रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई १ करोड ६४ लाख २१ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL