Logo

अन्नत रेड जोनमै फर्कियो नेप्से, साढे ४२ लाखको कारोबार

अन्नत रेड जोनमै फर्कियो नेप्से, साढे ४२ लाखको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीबार नेप्से परिसुचक सामान्य ओरालो लागेको छ । सो दिन सेयर बजार ० दशमलब १० अंकले घटी १३ सय ८६ दशमलब ९८ अंकमा झरेर बन्द भएको हो ।

कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ३४ दशमलब ६६ अंकले घटेको छ । त्यस्तै होटल ९ दशमलब ९४,माइक्रोफाइनान्स ४ दशमलब ४८, ३ दशमलब १५ र बैंकिङ समुह ० दशमलब ४१ अंकले घटेको छ ।

यता उत्पादन,अन्य, विकास बैंक र फाइनान्स समुहको परिसुचक भने क्रमशः ४१ दशमलब ५४,५,३ र ० दशमलब २८ अंकले बढेको छ । बिहीबार १५७ ओटा कम्पनीको १० लाख ८६ हजार कित्ता सेयरबाट ४२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL