Logo

योण्डर म्युजिकको व्राण्ड प्रवद्र्धकमा नग्मा श्रेष्ठ

योण्डर म्युजिकको व्राण्ड प्रवद्र्धकमा नग्मा श्रेष्ठ


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । म्युजिक स्ट्रिमिंग एप्लिेकशन योण्डर म्युजिकको ब्राण्ड प्रबद्र्धकमा मिस युनिभर्स पेजेन्टकी प्रतिषपर्धी मिस नेपाल नग्मा श्रेष्ठ चुनिएकी छिन् ।

यससँगै योण्डरले उनको व्यक्तित्व र पे्ररणादायी जीवनलाई एनसेल नेटवर्क तथा स्मार्टफोनबाट सुन्न सकिने गीत संगीत प्रवद्र्धन गर्न राष्ट्रिय प्रवद्र्धनात्मक कार्यक्रमहरुमा समावेश गराउने बताएको छ ।

श्रेष्ठले सन् २०१२ मा फिलिपिन्समा आयोजित मिस अर्थ पेजेन्टमा शिर्ष आठ र चाइनामा आयोजित वल्र्ड मिस युनिभर्सिटी पेजेन्ट २०१६ मा पनि थर्ड रनर अप भएकी थिइन् । त्यस्तै इजिप्टमा भएको मिस इको युनिभर्र्स २०१६ पेजेन्टको बेस्ट टुरिजम भिडियो अवार्डकी विजेता पनि हुन् ।

उनले आफू नेपाली युवाहरुको प्रतिनिधिको रुपमा के गर्न सकिन्छ भने जिम्मेवारी बुझेकोले उनी उत्कृष्ट रोजाइ भएको योण्डर म्युजिक एशियाका अध्यक्ष एडियन ब्रुटनले बताए ।

‘हामीसँग स्थानीय नेपाली संगीत देखि नयाँ बलिउड गीतहरु र अन्तर्राष्ट्रिय चार्ट टपरहरु पनि छन र योण्डरको लागि उनको व्यक्तित्व एकदमै सुहाउँदो छ’ उनले भने ।

यस्तो अभियानमा सहकार्य गर्न पाउँदा आफु एकदमै हर्षित भएको श्रेष्ठले बताइन् । अमेरिकामा अवस्थित योण्डर इंकको भातृ कम्पनी योण्डर म्युजिक बंगलादेशको अग्रणी डिजिटल म्युजिक सेवा हो । यसको बोल्ड, उत्कृष्ट फिचर र मोडुलर युजर एक्सपिरियन्सले प्रयोगकर्तालाई अन्तरर्राष्ट्रिय संगीतको २ करोडभन्दा बढीको भण्डार बाट स्ट्रि«म, शेयर गर्ने र गाउने सुबिधा दिन्छ ।

योण्डरले संगीतको व्यवसायलाई सर्वसुलभ बनाउन र प्रयोगकर्तालाई संसारभरिको संगीत उपलब्ध गराउने पैसाले योण्डरको लाइसेन्स खरिद गर्ने मोबाइल नेटवर्क तथा संगीत वितरण गर्ने ंमाध्यमबाट दिने व्यवस्था मिलाएको छ । यस लाइसेन्स शुल्कलाई मिलाएर संगीत बजेको आधारमा कलाकार र संगीतकारहरु दिने बिज्ञप्तिमा उल्लेख छ ।

योण्डरको ट्यागलाइन हियर फरएभर हो यसबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय संगीतकर्मीहरु बीच सहकार्य गराई प्रत्यक्ष कन्सर्ट गराउने र इन लाइन वा अफ लाइन सहभागिता बढाउने हो ।

योण्डरको ४० लाख बढी प्रयोगकर्ता छन । यो एप नेपाल टेलिकम तथा एनसेलसँगको सहकार्यमा नेपालमा आएको हो । मोबाइल फोनमै विभिन्न विधाका १५ हजार भन्दा बढी नेपाली गीतहरु उपलब्ध गराउने यो एपको डिजिटल लाइब्रेरीले प्रयोकर्ताहरुबाट उत्साहजनक साथ पाएको जारी बिज्ञप्तिमा उल्लेख छ ।

मेटालिका, रेड हट चिल्लि पेपर्स, ब्ल्याक आइड पिज र म्युज जस्ता ब्याण्डका प्रसिद्ध म्यानेजर क्लिफ बर्नस्टाइन र योण्डरका संस्थापक एडम किड्रनको ‘अपरचुनिटिज फण्ड’ एडम प्लस योण्डरका लगानीकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL