Logo

नेप्सेमा रोकिएन दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

नेप्सेमा रोकिएन दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री नियुक्ती भएको काल्पनिक रुपमा बढेको बजार त्यसयता दोहोरो अंकको गिरावट आएको । ओली प्रधानमन्त्री नियुक्त भएकै दिन बजारमा ३६ अंकले बढेपनि त्यसता कारोबार रकम र नेप्से परिसुचक दुबै ओरालो लागेका छन् ।

त्यसयता लगातार ओरालो लागेको बजारमा बुधबार पनि ९ दशमलव ६४ अंकको गिरावट आएको छ । बजार खुलेको केही समय रुपमा बढ्न खोजेपनि त्यसता लगातार ओरालो लागेको थियो ।

बुधबार बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् भने कारोबार रकममा पनि सोही अनुरुप गिरावट आएको छ । गतहप्ता बिहीबार नेप्से परिसुचक बढ्नुका साथै कारोबार रकम पनि बढेर ६० करोड रुपैयाँभन्दा माथी पुगेको थियो । तर, बुधबार कारोबार रकम घटेर २८ करोड रुपैयाँमा खुम्चिएको छ ।

बढ्दो बैंक ब्याजदर र बजारमा लगानी योग्य रकमको अभावका कारणले गर्दा बजार दैनिकजसो ओरालो लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । हाल बैंक ब्याजदर १४ प्रतिशतभन्दा माथी रहेको र बैंकले नयाँ कर्जा विस्तार नगरेका कारण लगानीकर्ताहरु समस्यामा परेका छन् । साथै पछिल्लो समय बैंक वित्तीय संस्थाले जारी गरेका हकप्रद भर्नका लागि लगानीकर्तालाई रकमको जोहो गर्न नै समस्या परेकाले पनि बजारमा दैनिक रुपमा परिसुचक र कारोबार रकममा गिरावट आएको एक लगानीकर्ताले बताए ।

बजारमा सबैभन्दा बढी समुहको परिसुचक ३७ अंकले घट्न पुगेको छ भने बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ८ दशमलव ८६ अंकले घटेको छ । यसैगरी, विकास बैंक समुह १२ दशमलव ५२ अंकले घट्दा फाइनान्स साढे ५ र माइक्रोफाइनान्स समुहको परिसुचकमा ४ अंकको गिरावट आएको छ ।

बजारमा ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको खरिदबिक्री बढी हूँदा कारोबार रकम २८ करोड रुपैयाँ पुगको थियो । यदि राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको कारोबारलाई हटाउने हो भने जम्मा २५ करोड रुपैयाँको मात्र कारोबार भएको देखिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL