Logo

केएल टावरमा मोबाइल मेला, अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्न पाइने

केएल टावरमा मोबाइल मेला, अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्न पाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंको चाबहिलमा रहेको के एल मोबाइल हबले मोबाइल मेलामा अहिलेसम्मकै सस्तो मूल्यमा सेवाग्राहीलाई मोबाइल उपलब्ध गराउने भएको हो ।

फागुन १ देखि मोबाइल हबमा मोबाइल मेला सञ्चालन भैरहेको छ । मेला अवधिमा राखिएका विभिन्न किसिमका दोहोरो अफरका साथै अधिक सस्तोमा मोबाइल खरिद गर्न पाउने भएकाले उपभोक्ताको पनि अधिक चाप देखिएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफरसहित केएल मोबाइल हबले सञ्चालन गरिरहेको मेलामा खेल खेलेर मोबाइल जित्नुका साथै फोटो कन्टेस्टमा फोटो खिचाएर पनि मोबाइल जित्न सक्ने अफरहरु छन् ।

यसका साथै उक्त मेलामा उपहार योजनामा सहभागी गराउने गल्फ खेल पनि खेलाइन्छ । गल्फ खेलेर धेरै स्कोर गर्नेले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाउने व्यवस्था मोबाइल हबले मिलाएको छ ।

यो योजनामा सहभागी भएर फोटो खिचाएका ग्राहकहरुले मोबाइल हबको फेसबुक पेजमा धेरै लाइक र कमेण्ट पाएका आधारमा ओप्पो एफ ५ र भिभोको भि ७ मोबाइल पाउने छन् ।

यसका साथै पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफरका कारण मोबाइल मेलामा ग्राहकको उपस्थिती बाक्लो भएको मोबाइल हबका निर्देशक संगम राई बताउँछन् ।

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित अफर भित्र पनि अफर नाम दिइएको मोबाइल मेला फेब्रुअरी २८ सम्म सञ्चालन हुनेछ ।

विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL