Logo

सुर्खेतमा पुग्यो आइएमई जनरल इन्स्योरेन्स, थप १२ स्थानमा पुग्दै

सुर्खेतमा पुग्यो आइएमई जनरल इन्स्योरेन्स, थप १२ स्थानमा पुग्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले सुर्खेतमा आफ्नो शाखा विस्तार गरेको छ । कम्पनीले आफ्नो सेवालाई विस्तार गर्दै देशको कुना कुनासम्म पुर्याउने उद्देश्य अनुरुप सुर्खेतमा पनि शाखा खोलेको जारी बिज्ञप्तिमा उल्लेख छ ।

उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै संचालक राईले देशको विभिन्न भागका जनताहरुलाई घर दैलोमानै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरेको जानकारी दिए । त्यसैगरी स्थानीय उद्योगी व्यपारी लगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई आइएमई जनरल इन्स्योरेन्ससँग आफनो व्यावसाय तथा सम्पत्तीको बीमा गराएर उच्चस्तरीय सेवा लिन समेत आग्रह गरेका छन्

कार्यक्रममा कम्पनीका सीईओ श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यका साथ कम्पनी अगाडी बढी रहेको हुनाले आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराई ढुक्कसँग व्यवसाय संचालन गर्न आग्रह गरेका छन् ।

हालसम्म कम्पनीले २८ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४२ स्थानबाट बीमा सेवा प्रदान गर्दै आएको छ । केही समयभित्रै थप १२ शाखा तथा उपशाखा संचालनमा ल्याउनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL