Logo

महिला उद्यमी हस्तकला मेला शुरु, अन्तरराष्ट्रिय स्तरमा बजार विस्तार गर्दै

महिला उद्यमी हस्तकला मेला शुरु, अन्तरराष्ट्रिय स्तरमा बजार विस्तार गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महिला उद्यमी हस्तकला एवं रेसाजन्य वस्तु मेला २०७४ शुरु भएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको सो मेलामा महिला उद्यमीहरुबाट उत्पादित बस्तुहरुको प्रर्दशनी गरिएको छ ।

उद्यमीहरुवाट उत्पादित हस्तकला वस्तु तथा स्थानिय रेसाजन्य वस्तुको बजार बिकासका साथै अन्तराष्ट्रिय बजार प्रबद्र्धनमा सहयोग पुग्ने हेतुले सो आयोजना गरेको नेपाल हस्तकला महासंघका सहायक निर्देशक एलिना शाक्यले बताए ।

शिप विकास, उधमशिलता विकास महिला शसकक्तीकरण र बजारीकरणका लागि यो मेलाले आम महिलाहरुको लागि सहयोग हुने आयोजकको भनाइ छ । ‘अहिले बजारमा रेसा जन्य वस्तुको माग बडदो छ,’ शाक्यले भनिन्, ‘यसलाई मध्ये नजर गर्दै महिलाहरुलाई पनि आर्थीक सहयोग पुग्ने तथा सिप बिकास पनि हुने भन्दै महिलाहरुलाई तालिम समेत दिँदै आएका छौं ।’

हस्तकला सम्वन्धी १५ र खाध्यको २ वटा स्टल रहेको उक्त मेलामा संखुवासभा, नवलपरासी लगायत देशका बिभिन्न जिल्लाबाट महिला उधमीहरु सहभागि जानएका छन् । मेलामा हस्तकला वाट तयार पारिएका अल्लो, ढाका, केराको कपडा, गाँजा बाट तयार पारिएका टोपी लगायत विभिन्न सामाग्रीहरु राखिएका छन ।

बिदेशी मुद्रा भित्रयाउने उद्देश्य रहेको यस मेलामा करिब १ लाखको हारहारीमा अवलोकनकर्ता आउने तथा १ करोडको व्यापार हुने आयोजकले अपेक्षा लिएको छ । मेला शुक्रबार देखी आईतबार सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL