Logo

नेप्सेले सुचिकरण गर्यो ‘क’ बर्गमा ११० कम्पनी, हेर्नुहोस सुचिसहित

नेप्सेले सुचिकरण गर्यो ‘क’ बर्गमा ११० कम्पनी, हेर्नुहोस सुचिसहित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)ले ‘क’ बर्गमा सुचिकृति १ सय १० कम्पनीको नाम सार्वजनिक गरेको छ । नेप्सेमा सुचिकृति कुल २ सय ६ कम्पनीमध्ये १ सय १० कम्पनीलाई क बर्गमा सुचिकृति गरेको हो ।

नेप्सेले गरेको बर्गीकरण अनुसार क बर्गमा वाणिज्य बैंक समूहबाट २७, अन्य समूहबाट २, जलविद्युत समूहबाट ५, होटल समूहबाट २, बीमा समूहबाट १६, वित्त समूहबाट ११, विकास बैंक समूहबाट २१ र माईक्रोफाइनान्स समूहबाट २६ कम्पनीहरु ‘क’ वर्गमा परेका छन् ।

नेप्सेले चुक्ता पँुजी कम्तिमा २ करोड भएको, साधारण शेयरधनीहरुको संख्या कम्तिमा १ हजार भएको, कम्तिमा ३ वर्ष देखि लगातार मूनाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको आधारमा बर्गीकरण गर्दै आएको छ ।

नेप्सेले धितोपत्र सूचिकरण विनियमावली,२०५३ को विनियम १४ को उपविनियम(२) ले व्यवस्था गरेको शर्त अनुसार सूचिकृत कम्पनीहरुको वर्गिकरण गरिएको नेप्सेद्वारा जारी सुचनामा उल्लेख छ ।

पूर्ण सुचिको लागि लिङमा क्लिक गर्नुहोला

प्रतिक्रिया दिनुहोस्
MBL