Logo

नेप्सेमा देखियो सामान्य सुधार, अन्तिममा किन बढ्यो परिसुचक ?

नेप्सेमा देखियो सामान्य सुधार, अन्तिममा किन बढ्यो परिसुचक ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । केही समययता ओरालो लागेको नेप्से परिसुचक बुधबार उकालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ८ दशमलव ६५ अंकले बढेको छ ।

बजार खुलेदेखि पौने ३ बजेसम्म ओरालो लागेको नेप्से परिसुचक अन्तिम १५ मिनेटमा आएर झण्डै दोहोरो अंकको बृद्धि भएको छ । दिनभर बजार ओरालो लागेपनि अन्तिम समयमा आएर केही लगानीकर्ताको चलखेलका कारण बजार उच्च रुपमा बढ्न पुगेको सम्बद्ध स्रोतको भनाइ छ ।

बुधबार अन्तिम समयमा आएर नेप्से परिसुचक तथा कारोबार रकम दुबै उकालो लागेका छ् । दैनिक २५÷३० करोड रुपैयाँको हाराहारीमा कारोबार हुँदै आएको बजार बुधबार बढेर ३८ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

बजारमा बीमा, माइक्रोफाइनान्स तथा बैंकिङ समुहको परिसुचक बढ्दा समग्र नेप्से परिसुचक उचालिन पुगेको छ । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक १ सय २१ अंकले बढ्यो भने माइक्रोफाइनान्स समुहको परिसुचक २० दशमलव ५५ अंकले उकालो लागेको छ । यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ५ दशमलव ६१ अंकले उकालो लागको छ । बुधबार जलविद्युत, विकास बैंक, होटल तथा व्यापार समुहका परिसुचक पनि सामान्य उकालो लागेका छन् । तर, फाइनान्स, उत्पादनमुलक र अतिरिक्त समुहका परिसुचक भने ओरालो लागेका छन् ।

दिनभर कुल १ सय ५५ कम्पनीको ९ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर र प्रभु बैंकको सेयर ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL