Logo

कतार एयरवेज र कतार डिउटी फ्रिले ‘कतार टोटल ओपन वोमेन्स टेनिस टुर्नामेन्ट’ प्रायोजन गर्दै

कतार एयरवेज र कतार डिउटी फ्रिले ‘कतार टोटल ओपन वोमेन्स टेनिस टुर्नामेन्ट’ प्रायोजन गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमााडौं । कतार एयरवेज र कतार डिउटी फ्रिले यसबर्षको कतार टोटल ओपन वोमेन्स टेनिस टुर्नामेन्ट प्रायोजन गर्ने भएका छन ।

कम्पनीले दोहाको खलिफा अन्तरराष्ट्रिय टेनिस तथा स्क्वास कम्प्लेक्समा उक्त प्रतियोगिता गर्ने भएको हो ।

कतार एयरवेजका वरिष्ठ उपाध्यक्ष बजार तथा संचार सलम अल सवले विश्वका प्रतिष्ठित महिला टेनिस खेलाडी भित्र्याउने योजना रहेको बताइन ।

त्यसैगरी कतार एयरवेजले अब सन् २०३० सम्मका लागि यस्ता प्रतियोगिता आयोजना गर्ने बताएको छ ।

वरिष्ठ उपाध्यक्ष सवले यो हप्ता विश्वस्तरिय खेलाडी तथा अतिथिको सम्मानमा तत्पर रहेको बताइन् । कतारले प्रत्येक बर्ष यस्तो रोमाञ्चक खेलको प्रायोजन गर्ने गर्दछ ।

कतार डिउटी फ्रीका अध्यक्ष थवेत मुस्लेले यो रोमाञ्चक प्रतियोगिताको प्रायोजक बन्ने मौका जुरेकोमा खुसी व्यक्त गर्दै उक्त प्रतियोगिता हेर्न आउने दर्शकलाइ टप खेलाडीको हस्ताक्षरयुक्त गिफ्ट तथा आकर्षक उपहार दिने व्यवस्था रहेको जानकारी दिए ।

कतार एयरवेज थुपै्र विश्वस्तरिय खेलकुद जस्तै विश्वकप, फिफा विश्वकप २०२२ आदिको प्रायोजक हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL