Logo

केएल मोबाइल हबमा भ्यालेन्टाइन स्पेशल मेला, एउटा किन्दा अर्को सित्तैमा

केएल मोबाइल हबमा भ्यालेन्टाइन स्पेशल मेला, एउटा किन्दा अर्को सित्तैमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भ्यालेन्टाइन डेलाई लक्षित गर्दै के एल मोबाइल हबले ‘बाइ वान गेट वान फ्रि’ अफर सहित मोबाइल मेला आयोजना गर्ने भएको छ । के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित मोबाइल मेला आयोजना गर्न लागेको हो ।

भ्यालेन्टाइन डेको अवसर पारेर मोबाइल हबले यहि फेब्रुअरी १३ देखि १५ दिनसम्म मोबाइल मेला आयोजना गर्ने भएको हो । फेब्रुअरी २८ सम्म चल्ने मेलामा मोबाइल खरिद गर्दा विभिन्न किसिमका उपहारको व्यवस्था गरिएको छ ।

साथै मोबाइल हवले मेला अवधिभरी विभिन्न किसिमका खेल तथा अफरहरु सञ्चालन गर्नेछ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्न किसिमका उपहार तथा छुट पाउने छन् ।

जसमा गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिने प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । साथै डार्ट बोर्ड खेलमा पनि गल्फमा जस्तै तीन किसिमका उपहारको व्यवस्था गरिएको छ ।

त्यसै गरी मेला अवधिभरी आयोजना हुने फोटो कन्टेस्टमा प्रथम र दोस्रो हुनेलाई क्रमशः ओप्पोको एफ फाइभ मोबाइल तथा भिभोकोे भि ७ मोबाइल प्रदान गरिने ग्लाइडरले जानकारी दिए ।

मोबाइल हबले ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पनि उपलब्ध गराउनेछ ।

मोबाइल मेलामा हबले दशैं, तिहारमा सञ्चालनगरेको अफर भित्र पनि अफरको गोलाप्रथा पनि खोलिने छ । जसमा पहिलो हुनेले यामाहाको आर वान फाइफ मोटरसाइकल, दोस्रो हुनेले आईफोन ८, तेस्रो हुनेले मलेशिया तथा सिंगापुर भ्रमणको प्याकेज र चौथो हुनेले स्मार्ट फोन पाउने छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL