Logo

बिजी मलमा विन्टर मेगा सेल, ५० प्रतिशतसम्मको छुट

बिजी मलमा विन्टर मेगा सेल, ५० प्रतिशतसम्मको छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा ‘विन्टर मेगा सेल’ सुरु भएको छ । १६ दिने सेल अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने मलले जानकारी दिएको छ । भ्यालेन्टाइन डेको अवसरमा ग्राहले आकर्षक अफर समेत पाउने छन् ।

ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन ‘विन्टर मेगा सेल’ को आयोजना गरिएको मेलाका संयोजक हिरामणि तिमल्सिनाले बताए । जाडो मौसम तथा भ्यालेन्टाइन डेलाई लक्षित गरि फेब्रुअरी ९ देखि सुरु भएको ‘विन्टर मेगा सेल’ फेब्रुअरी २४ तारिखसम्म सञ्चालन हुनेछ । सेल अवधिमा ग्राहकहरुले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए ।

यसका लागि कम्तीमा ५ सय रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । यसरी ५सय रुपैंयाको सामान किन्ने ग्राहकहरु  योजनामा सहभागी हुन सक्ने छन् । गिरीका अनुसार हरेक सामानको खरिदमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ ।

मलले यस अवधिमा विभिन्न घरायसी विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा, जुत्ता चप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्री लगायत मलमा उपलब्ध विभिन्न सामाग्रीको खरिदमा यस्तो छुटको व्यवस्था गरेको हो ।

यसका साथै सेल अवधिभर मेलामा सामान खरिद गर्ने ग्राहकहरुले दैनिक रुपमा सिनेमाको टिकट, लन्च कुपन, शपिगं भौचर लगायतका उपहार पाउने छन् । यसका साथै ५० हजार रुपैंया बराबरको स्मार्टफोन जित्ने अवसर पनि उनीहरुले पाउने छन् ।

भ्यालेनटाइन डेको अवसरमा लाइभ म्यूजिक तथा भ्यालेन्टाइन डेकोर लगायतका कार्यक्रमहरु आयोजना हुने छन् । यसका साथै सेल अवधिभरी कन्सर्टलाई निरन्तरता दिंदै फेस पेन्टिगंलगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु पनि सञ्चालन हुने छन् ।

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL