लहानमा यामाहाको नयाँ ‘थ्रि एस फेसिलिटी’

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिराहा जिल्लाको लहानमा विश्वस्तरीय सुबिधासम्पन्न संरचना बाट सेवा सुविधा सुरु गरेको छ ।

एमएडब्लुले आफ्नो डिलर एसएस अटो सेन्टरलाई यामाहाको नयाँ गाइडलाइनअनुसार स्तरोन्नति गरेर ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यस क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिपको स्तरोन्नति गरिएको कम्पनीले जानकारी दिएको छ ।

नयाँ शोरुमको उद्घाटन मिस नेपाल २०१७ निकिता चान्डकले गरेका थिए । एसएस अटो सेन्टरबाट ग्राहकले अब विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउने कम्पनीले जानकारी दिएको छ ।

एसएस अटो सेन्टरका प्रबन्धक निर्देशक सञ्जिव साहले हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन समेत भएको बताए । जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् ।’

यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् ।

यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको कम्पनीको दाबी छ ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।


फेसबूक कमेन्ट गर्नुहोस्