Logo

प्राइम लाईफले उचाल्यो बजार, परिसुचक बढ्दा बढेन कारोबार

प्राइम लाईफले उचाल्यो बजार, परिसुचक बढ्दा बढेन कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचकमा सामान्य सुधार आएको छ । केही समययता लगातार ओरालो लागेको नेप्से परिसुचकमा बिहीबार सामान्य सुधार आएको छ ।

बजारमा प्राइम लाईफ इन्स्योरेन्सको मूल्य बढेसँगे समग्र नेप्से परिसुचकमा सुधार आएको छ । आजैमात्र बोनस सेयरको घोषणा गरेको प्राइम लाईफको सेयर मूल्यका साथै कारोबार रकममा समेत सुधार आएको छ । बजार खुलेको केही समय समान्य ओरालो लागेको बजार प्राइम लाईफको बोनस सेयरको घोषणासँगै गति लिन शुरु गरेको थियो । बजारमा प्राइम लाईफको सेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँले बढ्दै १ कारोड ३५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

बिहीबार ९ अंकले बढेको सेयर बजार अन्तमा १ हजार ३ सय ९१ अंकमा पुगेर अडिएको छ । बजारमा व्यापार र फाइनान्स समुह बाहेकका नेप्से परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ७३ अंकले बढ्न पुगेको छ भने बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ६ अंकले उकालो लागेको छ ।

यसैगरी विकास बैंक समुहको परिसुचक ८ अंकले बढ्दा जलविद्युत क्षेत्र १७, होटल १३ र माइक्रोफाइनान्स समुहको परिसुचक ७ अंकले उकालो लागेको छ ।

बजारमा नेप्से परिसुचक बढेपनि कारोबार रकम भने उकालो लाग्न सकेन । दिनभर कुल २६ करोड ८५ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा हिजोमात्र एफपीओको घोषणा गरेको नेपाल बैंकको सबैभन्दा बढी २ करोड ४१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । दिनभर कुल १ सय ५२ कम्पनीको ६ लाख ८६ हजार कित्ता सेयर कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL