Logo

आईएमई पेको बीटुबी सेवा सञ्चालनमा, रकम ट्रान्सफरदेखि बिजुलीको बिल तिर्न सकिने

आईएमई पेको बीटुबी सेवा सञ्चालनमा, रकम ट्रान्सफरदेखि बिजुलीको बिल तिर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाइल वित्तिय सेवामा आधारित आईएमई पेले ‘बीटुबी’ सेवाको सुरुवात गरेको छ ।

घआईएमई पे गरौं व्यवसाय बढाऔं ’ भन्ने नारासहित उक्त सेवाको सुरुवात गरेको कम्पनीले बताएको छ ।

बीटुबी सेवाको सुरुवातसंगै आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्ने देखि लिएर बिजुली, इन्टरनेट, डिटिएचलगायतको बिल भुक्तानी गर्नमा सहयोग पुग्ने कम्पनीको दाबी छ ।

यसका साथै उक्त सेवाबाट रिचार्ज गर्ने भुुक्तानी सम्बन्धी सेवा, वालेट दर्ता गर्ने, क्यास आउट जस्ता मोबाइल मनी सम्बन्धी सेवाहरु गर्न सकिने छ ।

यसैगरी आईएमई पे को टच पाइन्टले कम्प्युटरको प्रयोग गरेर आईएमई पे वेब पोर्टल मार्फत् अथवा स्मार्ट फोनको प्रयोग गरेर मोबाइल एप मार्फत पनी यस्ता सेवाहरु उपलब्ध गर्न सकिने छ ।

जीटुपी र पीटुजी, पीटुपी सम्बन्धी भुक्तानीहरुका साथै ग्रामीण सेवामा न्युन पहँुचयुक्त स्थानमा रहेका सेवाग्राहीलाइ सामाजीक सुरक्षा सम्बन्धी रकमको वितरण प्रभावकारी रुपमा सिधै भुक्तानी गर्न समेत आईएमई पे सक्षम रहेको कम्पनीले जानकारी दिएको छ ।

आईएमई पे का देशभर १३ हजार ५ सय भन्दा बढी टच पोइन्टहरु रहेका छन । यसका साथै कम्पनीले ७ हजार भन्दा बढी रेमिटान्स एजेन्टहरुको सञ्जाल भन्दा बाहिर गैर वित्तीय क्षेत्रको सञ्जालमा समेत आफ्नो क्षेत्रलाइ विस्तार गर्ने योजना बनाएको बताएको छ ।

उक्त कार्यका लागि मझौला र साना किराना पसलहरुदेखि लिएर पुस्तैनी व्यवसाय हरु, क्याफेहरु, मेडिकल स्टोरहरुका साथै यस्ता खुद्रा टच पोइन्टहरु सञ्चालन गर्न सक्ने देशभरिका सम्भावित वितरकहरु समेत यस सञ्जालमा जोडिन सक्नेछन ।

मोबाइल मनी सेवा आईएमई पे को निर्माण सञ्चालन गरेको आर्ईएमई डिजिटल सोलुसन लिमिटेडलाई नेपाल राष्ट्र बैंकबाट २०७४ साल असारमा भुक्तानी सेवा प्रदान गरिएको थियो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछर््यौट विनियमावली २०७२ अन्तर्गत दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्नका लागि आईएमई डिजिटलले देशकै पहिलो भुक्तानी सेवा प्रदायकका रुपमा अनुमतिपत्र प्राप्त गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL