Logo

६ महिनामा ४२ कम्पनीको २८ अर्बको सेयर निष्काशन, १५ कम्पनी पाइपलाईनमा

६ महिनामा ४२ कम्पनीको २८ अर्बको सेयर निष्काशन, १५ कम्पनी पाइपलाईनमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ६ महिनामा करिब २८ अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्काशन भएको छ । नेपाल धितोपत्र बोर्डको अनुसार चालू आर्थिक बर्षको पुस मसान्त सम्ममा ४६ वटा कम्पनीको २७ अर्ब ७६ करोड रपैयाँ बराबरको प्राथमिक सेयर निष्काशनका भएको हो ।

बोर्डको अनुुसार सो अबधिमा अघिल्लो आबको सोही अबधिको तुलनामा सेयरको आधामार ६ दशमलव ९८ प्रतिशत र रकमको आधारमा ३० दशमलव ४५ प्रतिशत बढी साधार सेयर जारी भएको छ । जसअनुसार ९ वटा कम्पनीले २ अर्ब ८६ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेका छन् भने ३ वटा कम्पनीले २ अर्ब ६७ करोड रुपैयाँको थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गरेका थिए । यसैगरी ४ वटा सामूहिक लगानी कोषको ४ वटा योजनाले ४ अर्ब ७० करोड रुपैयाँ बराबरको इकाई बिक्री गरेका थिए भने ३० वटा कम्पनीले १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनका लागि अनुमति प्राप्त गरेका छन् ।

सोही अबधिमा ३० वटा संगठित संस्थाले ७ अर्व ८२ करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता गरेका छन् । तर, आलू आबको पहिलो ६ महिनामा बोनस सेयर बितरण तथा दर्ता भने कम भएको बोर्डले जानकारी दिएको छ । गत आबको सोही ५२ वटा कम्पनीको १० अर्ब ८९ करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको थियो ।

बोर्डले साधारण सेयर बाँडफाँडलाई फास्ट ट्रयाकमा ल्याएसँगै बितरण प्रक्रियामा सहज र छिटो भएको छ । सो अवधिमा १५ वटा संस्थाले प्राथमिकत सेयर निष्काशनका लागि आवेदन दिएकोमा ५ वटा कम्पनीको बिवरणपत्र तथा अन्य कागजातहरु अध्ययनको क्रममा रहेको छ भने १० वटा कम्पनीहरुको बिवरणपत्रमा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएको बोर्डले जानकारी दिएको छ । आवेदन गरेका १५ वटा कम्पनीले ३ अर्ब ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि अनुमति माग गरेका छन् ।

यस्तै १७ कम्पनीले हकप्रद सेयर निष्काशनको लागि दिएका छन् । जसमध्ये ३ वटालाई अनुमति प्रदान गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको छ भने ११ वटा कम्पनीको प्राप्त बिवरणमा आवश्यक सुधारका लागि लेखी पठाएको बोर्डले जानकारी दिएको छ । ती कम्पनीहरुले कुल ११ अर्व ७६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL