Logo

नेप्सेमा दोहोरो अंकको गिरावट, साख गुमाउँदै बुटवल पावर

नेप्सेमा दोहोरो अंकको गिरावट, साख गुमाउँदै बुटवल पावर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १० दशमलव ४६ अंकले घट्दै १४ सय अंकमा आएर अडिएको छ ।

बजारमा सबै समुहका परिसुचक घटेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचकमा गिरावट आएको छ । बीमा समुहको परिसुचक ८५ अंकले घट्दा बजारमा प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा ७ दशमलव ९ अंकको गिरावट आएको छ । यसैगरी जलविद्युत समुह ३०, विकास बैंक समुह १४ र माइक्रोफाइनान्स समुह १७ अंकले घटेको छ ।

बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ४२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा सोमबार घटेर ३० करोड रुपैयाँमा सिमित भएको छ । दिनभर कुल १ सय ५४ कम्पनीको ९ लाख १५ हजार कित्ता कारोबार भएको छ ।

बजारमा पछिल्लो समय एफपीओ जारी गरेको बुटवल पावर कम्पनीको पनि सेयर मूल्यमा उच्च गिरावट आएको छ । प्रतिकित्ता ५ सय १ रुपैयाँमा एफपीओ जारी गरेको सो कम्पनीको सेयर मूल्य घटेर ५ सय ५८ रुपैयाँमा झरेको छ । सो कम्पनीको सेयरमा आजमात्रै प्रतिकित्ता २१ रुपैयाँले गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL