Logo

फागुन २४ देखि अन्तरराष्ट्रिय व्यापार मेला, ३ सय स्टलमा स्वदेशी र विदेशी बस्तुको प्रर्दशनी

फागुन २४ देखि अन्तरराष्ट्रिय व्यापार मेला, ३ सय स्टलमा स्वदेशी र विदेशी बस्तुको प्रर्दशनी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले फागुन २४ गतेदेखि अन्तरराष्ट्रिय व्यापार मेलाको आयोजना गर्ने भएको छ । स्वदेशी वस्तुलाई अन्तरराष्ट्रिय बजारमा प्रबद्र्धन गर्न मेलाको आयोजना गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

महासंघको व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले मेलामा ३ सयभन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने बताए । सातौं अन्तरराष्ट्रिय मेलामा नेपाल सहित सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, मलेशिया लगायतका देशहरूको सहभागिता रहनेछ । मेलाका लागि ८० प्रतिशत स्टलहरु बुकिङ भैसकेको आयोजकले जानकारी दिएको छ ।

नेपाल अन्तरराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, तथा तुलनान्तम लाभका बस्तुहरु रहनेछन् । यसैगरी अन्तरराष्ट्रिय खरिदकर्तास“ग प्रत्यक्ष अन्तरक्रिया गराई विदेशी बजारमा नेपाली बस्तुको बजारिकरण गर्न सहयोग पुग्ने बताए । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् ।

साथै यसपटकको मेलामा नेपाल सरकारको तुलनात्मक लाभको बस्तुको सुचीमा रहेका, कृषि तथा ग्रामिण स्तरमा महिलाहरुले निर्माण गरेको बस्तु प्रर्दशनीका लागि निःशुल्क स्टल उपलब्ध गराइने श्रेष्ठले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL