Logo

एमएडब्लु अर्थमुभर्स बन्यो जेसीबीको नं १ डिलर,१ बर्षमा ११ सय ४० उपकरण विक्री

एमएडब्लु अर्थमुभर्स बन्यो जेसीबीको नं १ डिलर,१ बर्षमा ११ सय ४० उपकरण विक्री


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एमएडब्लु अर्थमुभर्स प्रालि जेसीबी इन्डिया लिमिटेडको नं १ डिलर बन्न सफल भएको छ । सन् २०१७ मा सबैभन्दा बढी जेसीबीका निर्माण उपकहरणहरुको विक्री गरेर एमएडब्लु अर्थमुभर्स नं १ डिलर बनेको हो । गत एक वर्षमा एमएडब्लुले २ हजार १ सय ४० वटा जेसीबी ब्रान्डका निर्माण उपकरणको विक्री गरेको थियो ।

यो उपलब्धीसँगै एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामा सर्वोत्कृष्ट र विश्वमा दोस्रो सर्वोत्कृष्ट डिलर बनेको छ । एमएडब्लु जेसीबीको ‘क्लब २०००’ को पहिलो सदस्य समेत बनेको छ । जेसीबी इन्डियाको कुनै पनि डिलरले एक वर्षमा २ हजार वटा मेसिन विक्री गरेको यो पहिलो अवसर भएको बताएको छ ।

जेसीबी इन्डियाले मंगलबार एक समारोहमा एमएडब्लुलाई यो सफलताका लागि सम्मान गरेको छ । कार्यक्रममा जेसीबी इन्डियाका सीइओ एवं प्रबन्ध निर्देशक विपिन सोन्धीले एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई २००० क्लबको अवार्ड हस्तान्तरण गरे ।

यसका साथै, एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामै सबैभन्दा बढी ब्याकहो लोडर, एस्काभेटर र ह्विललोडर विक्री गर्न सफल डिलरसमेत बनेको छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा जेसीबीको डिलरसिप लिएको थियो ।

जेसीबी इन्डिया लिमिटेड बेलायतमा मुख्यालय रहेको बहुराष्ट्रिय कम्पनी हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL