Logo

सिडिएससीको सि–आस्वालाई धितोपत्र बोर्डको लगाम, एक महिना समय थप गर्न निर्देशन

सिडिएससीको सि–आस्वालाई धितोपत्र बोर्डको लगाम, एक महिना समय थप गर्न निर्देशन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिले हिजोदेखि पूर्ण रुपमा संचालनमा ल्याएको सि–आस्वालाई थप एक महिनामा लागि पूर्ण रुपका कार्यान्वयन नगराउन धितोपत्र बार्डले दिर्नेशन दिएको छ ।

हाल आस्वाका लागि बोर्डबाट अनुमति लिएका बैंक वित्तीय संस्थालाई सि–आस्वामा जानका लागि पूर्वाधार तयार गर्न समय लाग्ने तथा उक्त प्रणाली संचालनका लागि तालिम दिनुपर्ने भएकाले एक महिनाको समय उपलब्ध गर।उन बोर्डले निर्देशन दिएको हो । साथै लगानीकर्तालाई सि—आस्वा रजिष्टे«शन नम्बर प्राप्त गर्ने यथोचित अवसर दिनुपर्ने, आस्वा सदस्य तथा अन्य सम्बन्धित सरोकारवालाहरुको गुनासालाई मध्यनजर गर्दै मंगलबारदेखि अनिवार्य रुपमा लागू गरिएको सि–आस्वालाई थप एक महिना पछि सार्न बोर्डले निर्देशन दिएको हो ।

हाल बोर्डबाट आस्वाका लागि ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुले स्वीकृति लिएका छन् । ती संस्थाको देशभर रहेका करिव २ हजार ५ सय शाखाहरुबाट आस्वा प्रणालीबाट आवेदन दिन सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL