Logo

सामान्य उकालो लाग्यो नेप्से, लगातार किन खुम्चिदैछ कारोबार?

सामान्य उकालो लाग्यो नेप्से, लगातार किन खुम्चिदैछ कारोबार?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक १ दशमलब ६९ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १३ सय ९४ दशमलब ७३ अंकमा पुगेर बन्द भएको हो ।

बुधबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १६ दशमलब १३ अंकले उकालो लागेको छ । त्यस्तै होटल १४ दशमलब ७७, विकास बैंक ७ दशमलब ८२, अन्य ५,ट्रेडिङ ४ दशमलब २२ र जलविद्युत समुहको परिसुचक ३ दशमलब १३ अंकले बढेको हो ।

त्यस्तै सेयर बजारमा बढी प्रभाव रहने बैंकिङ समुहको परिसुचक ० दशमलब ३२ अंकले बढेको छ ।
यता उत्पादन, माइक्रोफाइनान्स र फाइनान्स समुहको परिसुचक भने क्रमशः२६ दशमलब २, २ दशमलब २६ र ० दशमलब ७ अंकले ओरालो लागेको छ ।

बुधबार नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा बढी ३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सो दिन १५६ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ९ लाख ३८ हजार कित्ता सेयरबाट २६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL