Logo

सबै समुह ओरालो लाग्दा ९ अंकले घट्यो नेप्से, ३२ करोड २६ लाखको कारोबार

सबै समुह ओरालो लाग्दा ९ अंकले घट्यो नेप्से, ३२ करोड २६ लाखको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक ९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १३ सय ९३ अंकमा झरेर बन्द भएको हो ।

कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ८७ दशमलब ६५, होटल ३७ दशमलब २९, जलविद्युत २९ दशमलब ४८, माइक्रोफाइनान्स ९ दशमलब २१ अंकले घटेको हो ।

त्यस्तै बैंकिङ,फाइनान्स, विकास बैंक, ट्रेडिङ र अन्य समुहको परिसुचक क्रमशः ६ दशमलब ६७, ३ दशमलब ८३, ३ दशमलब ४५,० दशमलब ५ र ०दशमलब ३६ अंकले ओरालो लागेका छन् ।

सो दिन १ सय ५५ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ८ लाख २८ हजार कित्ता सेयरबाट ३२ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL