Logo

पूर्ण रुपमा कार्यान्वयनमा आयो सि–आस्वा, घरमै बसेर सेयर आवेदन

पूर्ण रुपमा कार्यान्वयनमा आयो सि–आस्वा, घरमै बसेर सेयर आवेदन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सि–आस्वा प्रणालीलाई पूर्ण रुपमा कार्यन्वयनमा ल्याएको छ । सिडिएसीले सुचना प्रकाशित गर्दै सि–आस्वा पूर्ण रुपमा कार्यान्वनयनमा आएको जानकारी दिएको हो ।

सि–आस्वा पूर्ण रुपमा कार्यान्वयनमा आएसँगै लगानीकतर्चाले घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रद सेयरमा आवेदन दिन सकिने छन् । उक्त प्रणाली कार्यान्वयमा आएसँगै धितोपत्र बाँडफाँडको प्रक्रिया समेत छोटिने उक्त सुचनामा उल्लेख छ ।

सिडिएसले सार्वजनिक सूचना प्रकाशित गर्दे आजैका मितिबाट पूर्ण रुपमा सि आश्वा प्रणाली लागु गरिएको जनाएको छ । सिडिएससिले सम्पुर्ण बैंक तथा वित्तीय संस्था, निष्काशनकर्ता, निष्काशन तथा बिक्री प्रबन्धक, लगानीकर्ताहरु तथा सम्बन्धित सरोकारवालाहरु सबैमा जानकारी गराएको छ ।

सिडिएसीका अनुसार सि–आस्वा अन्तरगत आवेदकको हितग्राही खाता आवेदन गर्नु पूर्व नै रुजु गर्नेे हुँदा आवेदकको हितग्राही खाता नमिलेको कारण बाँडफाँड प्रक्रियाबाट बञ्चित हुनु पर्ने छैन । यस प्रणाली अन्तरतग एक पटक दर्ता भइसकेका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट सेयर खरिद आवेदन दिन सक्नेछन । सिडिएसीले लगानीकर्तालाई आफ्नो बैंक खाता भएको बैंकमा सि–आस्वामा दर्ता भई रजिष्ट्रेशन नम्बर लिन समेत आग्रह गरेको छ ।

हालसम्म २५ वटा बैंक वित्तीय संस्था सि–आस्वामा दर्ता भई सेवा संचालन गर्दै आएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL