Logo

सामान्य ओरालो लाग्यो नेप्से, ३६ करोडमा खुम्चियो कारोबार

सामान्य ओरालो लाग्यो नेप्से, ३६ करोडमा खुम्चियो कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक ० दशमलब ५८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय २ अंकमा झरेर बन्द भएको हो ।

कारोबारमा आएकामध्ये बीमा समुहको परिसुचक १८ दशमलब ६५ अंकले ओरालो लागेको छ । त्यस्तै माइक्रोफाइनान्स १३ दशमलब २९, अन्य ४ दशमलब ३, फाइनान्स २ र विकास बैंक समुहको परिसुचक ० दशमलब ५२ अंकले घटेको छ ।

यता जलविद्युत, ट्रेडिङ उत्पादन, बैंकिङ र होटल समुहको परिसुचक भने क्रमशः २३ दशमलब ४३, १० दशमलब २२, ३ दशमलब ४१, ० दशमलब ८३ र ० दशमलब ५६ अंकले उकालो लागेको छ ।

सोमबार सानिमा माइ जलविद्युत कम्पनीको ५ करोड १८ लाख रुपैयाँ रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज १६२ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ९ लाख ३८ हजार कित्ता सेयरबाट ३६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL