Logo

रोकिएको बजार घट्नेक्रम, सानिमा माइले बढायो कारोबार

रोकिएको बजार घट्नेक्रम, सानिमा माइले बढायो कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार पनि सेयर बजार ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ७ दशमलव १९ अंकले घट्न पुगेको छ ।

बुधकार बजारमा लघुवित्त बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । तर, कुनै पनि समुहका परिसुचकमा धेरै अंकको गिरावट आएको छैन ।

बजारमा सबैभन्दा बढी जलविद्युत समुहको परिसुचक १५ अंकले घटेको छ । यसैगरी, बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ७ अंकले घटेको छ ।

बजारमा कारोबार रकममा पनि सुधार आउन सकेको छैन । बुधबार सानिमा माई हाइड्रोको कारोबार बढ्दा बजारमा ४० करोड ४८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार सानिमा माईको मात्रै १२ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
दिनभर कुल १ सय ५८ कम्पनीको ९ लाख ७९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL