Logo

विन्टर मेलामा उपभोक्ताको सहभागीता उत्साहजनक, ७० प्रतिशतसम्म छुटमा जुत्ता चप्पल विक्री

विन्टर मेलामा उपभोक्ताको सहभागीता उत्साहजनक, ७० प्रतिशतसम्म छुटमा जुत्ता चप्पल विक्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शिखर सुजले भृकुटीमण्डपमा लगाएको विन्टर सेल मेलामा जुत्ताचप्पल किन्न सर्वसाधारणको भिड लागेको छ ।
एक सातादेखि जारी मेलामा पछिल्लो समय जुत्ताचप्पल किन्न सर्बसाधारणको भिड बढ्दै गएको कमपनीले जानकारी दिएको छ ।

जुत्ता उत्पादकहरुबीच सेल मेला गर्न दिने कि नदिने भन्ने विवाद उत्कर्षमा पुगेपछि अब यस्तो मेला नहुने हो कि भन्ने आशंकाले उपभोक्ता सस्तोमा जुत्ताचप्पल किनिहाल्न मेलामा ओइरिएको अनुमान कम्पनीको छ ।

शिखरले भृकुटीमण्डपमा मेला गर्ने भएपछि जुत्ता उत्पादक संघका पदाधिकारीले अबरोध गर्ने प्रयास गरेका थिए । शिखरले मेलामा फ्यक्ट्रीकै मूल््यमा जुत्ताचप्पल उपलब्ध गराएको बताएको छ । मेलामा जुत्ताचप्पलमा ७० प्रतिशतसम्म छुट दिएको छ ।

बजारमा ५ सय रुपैयाँ प्रतिजोरमा बिक्री हुने महिलाका चप्पल मेलामा दुई जोर ४ सय रुपैयाँमा बिक्री भइरहेको शिखरले जानकारी दिएको छ । त्यस्तै बजारमा १३ सय रुपैयाँसम्म पर्ने स्कुले विद्यार्थीको जुत्ता मेलामा ५ सय रुपैयाँ प्रतिजोर, युवाले रुचाउने कन्भर्स डिजाइनको पाण्डा सुज प्रतिजोर ४ सय रुपैयाँदेखि ६ सय रुपैयाँमा दुई जोरसम्म उपलब्ध छ ।

कपडाको न्यानो टिम्स सुज ५ सय रुपैयाँमा दुई जोर उपलब्ध गराइरहेका छौं ।

यस्तै बजारमा ७ सय रुपैयाँ पर्ने क्याजुअल सुज ४ सय रुपैयाँमा, बजारमा १५ सयदेखि २५ सय रुपैयाँ पर्ने स्पोर्टस सुज मेलामा १ हजार रुपैयाँमा, बजारमा २५ सयदेखि ३५ सय रुपैयाँसम्म पर्ने जुत्ता मेलामा १५ सय रुपैयाँमा उपलब्ध गराएको छ । मेलामा झण्डै ६ सय थरी डिजाइनका जुत्ताचप्पल राखिएको छ । मेला आगामी माघ ६ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL