Logo

दोहोरो अंकको गिरावटबाट रोकियो नेप्से, कारोबार रकममा गिरावट

दोहोरो अंकको गिरावटबाट रोकियो नेप्से, कारोबार रकममा गिरावट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ओरालो लगेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक दोहोरो अंकले घट्दै अन्तमा ९ दशमलव १९ अंकले गिरावट आएर रोकिएको छ ।

आइतबार बजारमा प्रभाव रहेका प्रायःजसो समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी बीमा समुहको परिसुचक ९८ अंकले घट्न पुगेको छ । यसैगरी उत्पादनमुलक समुहको परिसुचक पनि दोस्रो बढी ४८ अंकको गिरावट आएको छ ।

बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ् समुहको परिसुचक ८ दशमलव ८ अंकले ओरालो लाग्दा विकास बैंक समुहको परिसुचकमा २१ अंकको गिरावट आएको छ ।

यसैगरी माइक्रोफाइनान्स र होटल समुहको परिसुचक २६÷२६ अंकले ओरालो लाग्दा फाइनान्स समुहको परिसुचक पनि झण्डै दोहोरो अंकले घट्न पुगेको छ ।

आइतबार बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । दिनभर कुल ३२ करोड ८३ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ५२ कम्पनीको ६ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । बजारमा कुनै पनि कम्पनीको २ कराड रुपैयाँसम्मको सेयर कारोबार हुन सकेन् ।

प्रतिक्रिया दिनुहोस्
MBL