Logo

सकियो एनसेल मेला २०७४, हजारौले गरे अवलोकन

सकियो एनसेल मेला २०७४, हजारौले गरे अवलोकन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेल मेला २०७४ शनिवार जाउलाखेलमा आयोजना गरेपश्चात सम्पन्न भएको छ ।

एनसेलले आफ्ना ग्राहकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको थियो ।

तीनै शहरहरुमा हजारौ दर्शक तथा आगन्तुकहरुले सहभागि भएका थिए । सहभागीहरुलाई गीत/संगीत, फोरजी थिममा आधारित गेमहरु लगायत विविध क्रियाकलापबाट भरपुर मनोरञ्जन लिएका कम्पनीले बताएको छ ।

एनसेल मेला पुष ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा, पुष १५ गते विराटनगरको हाटखोलामा र पुष २९ गते ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना गरिएको थियो ।

मेलामा कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुति, फोरजी थिममा आधारित विभिन्न गेमहरु, किड्स जोन, जादु र फुड स्टलहरुलगायत विविध रोचक क्रियाकलापहरु समावेश गरिएका थिए ।

एनसेलका कर्पाेरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले डिजिटल नेपालको भिजनमा योगदान पुर्याउदै अझ धेरै नेपालीहरुलाई मोवाइल ब्रोडब्याण्डले ल्याउने अवसरहरुसँग जोड्न एनसेल प्रतिवद्घ रहेकोे बताए ।

यसका साथै मेलाका आगन्तुकहरुले विभिन्न गेम स्टलहरुमा पुरस्कारहरु पनि जित्न सफल भएका थिए ।

एनसेल मेला २०७४ पुष २२ गते बुटबलमा पनि आयोजना गर्ने कार्यक्रम रहेको थियो । यद्यपि विशेष परिस्थितीका कारणे सो कार्यक्रम रद्द गर्नु परेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL