Logo

अरुण फाइनान्स अब हाथवेको नामबाट, तीन संचालक चयन

अरुण फाइनान्स अब हाथवेको नामबाट, तीन संचालक चयन


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । अरुण फाइनान्सले आफ्नो नाम र लोगो परिवर्तन गरेको छ । कम्पनी २१ औं बार्षिक साधारणसभाले पूँजी बृद्धि तथा नाम र लोगो परिवर्तन गरेको हो ।

कम्पनीले आफ्नो साविकको नाम परिवर्तन गरी हाथवे फाइनान्स राखेको छ । यसैगरी हाथ्वेले साविकको लोगो परिवर्तन गरेर आफ्नै कम्पनीको लोगो राखेको थियो ।

यसैगरी कम्पनीले चुक्ता पूँजी बृद्धि र संस्थापक संचालक समेत चयन गरेको छ । हाथ्वे फाइनान्सको संस्थापक संचालकहरुमा अम्बिकाप्रसाद पौडेले, लीलानाथ अधिकारी र प्रकाश तिवारी निर्वाचित भएका छन् । यसैगरी, कम्पनीले १ बराबर १ः८ को अनुपातमा हकप्रद सेयर जारीको प्रस्ताव पारित गर्दै चुक्ता पूँजी ८४ करोड रुपैयाँ पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL