Logo

बिर्तामोडमा शनिबार करेण्ट मेला, सांगितिक प्रस्तुतीमार्फत मनोरञ्जन दिइने

बिर्तामोडमा शनिबार करेण्ट मेला, सांगितिक प्रस्तुतीमार्फत मनोरञ्जन दिइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यशोदा फुड्स प्रालि अन्तर्गतको ब्राण्ड करेण्ट तयारी चाउचाउले ‘करेण्ट मनोरञ्जन मेला’को आयोजना गर्ने भएको छ ।

मेला झापाको बिर्तामोड स्थित सुगम पेट्रोल पम्पमा आयोजना गरिने आयोजकले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

शनिबार दिउँसो १२ बजेदेखि सञ्चालन हुने मेलामा प्रवेश निःशुल्क गरिएको छ ।

मेलामा प्रसिद्ध गायकहरु राजेश पायल राई, सविन राई, मिलन अमात्य र डिल्ली फोम्बोको साथ बिमोक्स ब्यान्डकोे प्रस्तुति रहने छ ।

साथै हाँस्य कलाकार जितु नेपाल, श्रीकृष्ण लुईंटेल र एभरेष्ट क्रु लगायत अन्य थुप्रै कलाकारहरुको पनि प्रस्तुति रहने छ ।

मेलामा विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधि समेतको ब्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL