Logo

कुमारी बुम सुपरस्टार नाइट्स मार्च ८ र ९ तारिखमा कतारमा

कुमारी बुम सुपरस्टार नाइट्स मार्च ८ र ९ तारिखमा कतारमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालीले कतारका दुइ शहरमा कुमारी बुम सुपरस्टार नाइट्स आयोजना गर्ने भएको छ ।

कम्पनीले ‘कुमारी बैंक र बुम रेमिट’ को प्रस्तुतीमा मार्च ८ र ९ तारिखमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

देशका चर्चित गायक–गायिका, हाँस्य कलाकार र नायक–नायिकाको उपस्थिती रहने उक्त कार्यक्रम मार्च ८ मा कतारको अल्खोर स्टेडियममा तथा मार्च ९ मा दोहास्थित ग्रान्ड मलमा आयोजना हुने कम्पनीले बताएकोे छ ।

कार्यक्रममा चर्चित हाँस्य कलाकार जीतु नेपाल, नायिकाहरु निरुता सिंह, अनु शाह, गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, युवराज चौलागाईँ, सन्तोष राज, रित कुमार श्रेष्ठ, गायक लगायतको उपस्थिती रहने छ ।

करिब ५ लाख नेपालीहरुको बसोबास रहँदै आएको कतारमा यो कार्यक्रम भव्य र सव्य रुपमा आयोजना हुने कम्पनीको अपेक्षा छ ।

उक्त कार्यक्रम मार्च ८ मा करिब ७ हजार र मार्च ९ मा करिब १० हजार नेपालीले प्रत्यक्ष अवलोकन गर्ने विश्वास कम्पनीले गरेको छ ।

साथै कतारका स्थानिय बासिन्दाहरुले समेत यो कार्यक्रम हेरेर मनोरञ्जन लिने विश्वास कम्पनीको छ ।

कार्यक्रमको आयोजनाले नेपाली गीत संगीत, हाँस्य ब्यङ्ग्यको विकास र प्रवद्र्धनमा ठूलो सहयोग र साथ मिल्नेछ भन्ने अपेक्षा कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL