Logo

नेप्सेमा सुधारको संकेत, कारोबार र परिसुचक दुबै बढ्यो

नेप्सेमा सुधारको संकेत, कारोबार र परिसुचक दुबै बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको दोश्रो दिन सोमबार नेप्से परिसुचक १२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १४ सय ४३ दशमलब ८० अंकमा पुगेर भन्द भएको हो ।

आज कारोबारमा आएका अधिकांस समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १२२ दशमलब १६ अंकले बढेको छ ।

त्यस्तै अन्य १२ दशमलब ७६, बैंकिङ ९, विकास बैंक ६ दशमलब ६२,फाइनान्स ३ दशमलब ७३, जलविद्युत ३ दशमलब  २३,माइक्रोफाइनान्स २ दशमलब ८५, उत्पादन २ दशमलब ८ र ट्रेडिङ समुहको परिसुचक १ दशमलब २७ अंकले बढेको छ । यता होटल समुहको परिसुचक १७ दशमलब ३७ अंकले ओरालो लागेको छ ।

सोमबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ८ रकोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो दिन १५७ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ८ लाख ५५ हजार कित्ता सेयरबाट ४६ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL