Logo

नेपाल निर्यात परिषद्को अध्यक्षमा पुनः श्रेष्ठ

नेपाल निर्यात परिषद्को अध्यक्षमा पुनः श्रेष्ठ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल निर्यात परिषद्को अध्यक्षमा पुनः सुरेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । परिषद् को २० औँ वार्षिक साधारण सभाले उनलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

यसैगरी परिषद्को प्रथम उपाध्यक्षमा हरीबहादुर कार्की, द्धितिय उपाध्यक्षमा रेशम वहादुर पोखेरेल चयन भएका छन् भने महासचिवमा नरेशलाल क्षेष्ठ, कोषाध्यक्षमा रामशरण थपलिया चयन भएका छन् । त्यस्तै सचिवमा कन्हैया लाल शाह, सहकोषाध्यक्ष हरीप्रसाद ढकाल चयन भएका छन् ।

परिषद्को सदस्यहरुमा अबानिश प्रधानाङ, मनमोहनसिंह मल्ल, ईश्वरबहादुर गुरुङ, हरी ढकाल, राजु बाँनिया, बसन्तराज अधिकारी र अमृतमान क्षेष्ठ चयन भएको नेपाल निर्यात परिषदले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL