Logo

बैंकिङ समुहले उचाल्यो सेयर बजार, ६३ करोड ३२ लाख पुग्यो कारोबार

बैंकिङ समुहले उचाल्यो सेयर बजार, ६३ करोड ३२ लाख पुग्यो कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक २ दशमलब ४४ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १४ सय ३७ दशमलब २४ अंकमा पुगेर बन्द भएको हो ।

मंगलबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक घटेपनि सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहले सकारात्मक प्रभाव देखिएको हो ।

सो दिन बैंकिङ समुहको परिसुचक १० दशमलब १३ अंकले उकालो लागेको छ । त्यस्तै अन्य ४ दशमलब ३४ र ट्रेडिङ समुह ० दशमलब ०८ अंकले बढेको हो ।

यता बीमा ६१ दशमलब ३४, होटल ५१ दशमलब ५८,जलविद्युत २८ दशमलब ६१,उत्पादन ५ दशमलब ८६, विकास बैंक ४ र फाइनान्स समुहको परिसुचक २ दशमलब ५८ अंकले ओरालो लागेको हो ।

मंगलबार १ सय ६६ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १२ लाख कित्ता सेयरबाट ६३ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL