Logo

जेसिबीको नयाँ योजना, २० प्रतिशत डाउनपेमेन्टमा हेबी इक्विपमेन्ट

जेसिबीको नयाँ योजना, २० प्रतिशत डाउनपेमेन्टमा हेबी इक्विपमेन्ट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एमएडब्लु अर्थमुभर्स प्रालीले जेसिबी मेसिन खरिदमा डाउन पेमेन्टको योजना सार्वजनिक गरेको छ । यससँगै ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमा जेसीबीका मेसिनहरु खरिद गर्न सक्नेछन् । कम्पनीले एनसीसी बैंकसँगको सहकार्यमा उक्त योजना सार्वजनिक गरेको हो ।
बुधबार एक कार्यक्रमबीच कम्पनीका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सो योजनाको प्रचारार्थ ‘विकासका लागि निर्माण, निर्माणका लागि जेसिबी’ अभियानको शुरुवात गरेका हुन् ।

कार्यक्रममा कम्पनीका सेल्स तथा बजार प्रमुख दिपकराज गिरीले निर्वाचन सकिएसँगै अव विकास निर्माणले तिव्रता पाउने र निर्माण कार्यमा हेभी इक्विपमेन्टको प्रयोग अनिवार्य भएकोले यो योजना ग्राहकका लागि सहयोग हुने बताए ।

जेसिबीका हाल बजारमा एस्काभेटर, व्याकहो लोडर, रोलर रोबोटलगायत उत्पादन उपलब्ध छन् । इन्धन कम खपत गर्ने तथा मर्मत खर्च कम लाग्ने भएकोले जेसिबीका मेसिनहरु ग्राहकले रुचाएको कम्पनीको दाबी छ ।

कम्पनीले सन् २००३ देखि नेपालमा जेसिबीको आधिकारी डिलरशीप लिएको हो । हाल जेसिबीले काठमाडौं, पोखरा, बुटवल, चितवनलगायत १ दर्जनभन्दा बढी स्थानबाट सेल्स तथा सर्भिस र स्पेयरको सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL