Logo

वियरिस ट्रेण्ड समात्दै गरेको बजारमा नेप्सेको बुलरेस प्रतियोगिता

वियरिस ट्रेण्ड समात्दै गरेको बजारमा नेप्सेको बुलरेस प्रतियोगिता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही दिनयता नेप्से परिसुचक लगातार ओरालो लाग्दै वियरिस ट्रेण्ड समात्न लागेको बेला नेपाल स्टक एक्स्चेञ्जले भने बुलरेस प्रतियोगिता गर्ने भएको छ ।

पूँजी बजार प्रति जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले कर्पोरेट बुलरेस प्रतियोगिता गर्न लागिएको नेप्सेले जानकारी दिएको छ । नेप्सेले आफ्नो २५ औं बार्षिकोत्सवको अबसरमा बुलरेस प्रतियोगिता गर्न लागेको हो ।

उक्त प्रतियोगितामा सुचिकृति कम्पनीहरुलाई मनोनयन दर्ताका लागि नेप्सेले पत्राचार गरेको छ । यही पुस २८ गते हुने सो प्रतियोगिताका लागि सह–प्रायोजन तथा सहभागिताका लागि पुस २५ गतेसम्म मनोनयन दर्ता गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL