Logo

पुस २१ देखि पहिलो हिमालयन हाइड्रो एक्स्पो, विदेशी कम्पनीको सहभागिता

पुस २१ देखि पहिलो हिमालयन हाइड्रो एक्स्पो, विदेशी कम्पनीको सहभागिता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा पहिलो पटक गर्न लागिएको अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पोमा ढेड दर्जनभन्दा बढी देशका कम्पनीहरुले सहभागिता जनाउने भएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा यही पुस २१ गतेदेखि हुन लागेको सो एक्स्पोमा विदेशका चर्चित कम्पनीहरुको सहभागिता रहने भएको छ ।

भृकुटीमण्डपमा ३ दिनसम्म चल्ने सो एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

सो एक्स्पोमा विशेषगरी हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्तकम्पनीहरु लगायत झण्डै १ सयभन्दा बढी स्टल रहने छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको सहभागिता रहने छ ।

जसमा सिएमसी इटली, भोइथ जर्मनी, क्रिस्टल इण्डिया, पावर चाइनाजस्ता बहुराष्ट्रिय कम्पनीको सहभागिता रहने छ । एक्स्पोले नेपालको जलविद्युतको बजार बिस्तारका साथै अनुभव आदानप्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने इप्पानका अध्यक्ष शेलेन्द्र गुरागाईँले बताए । ‘७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुर्याउने छ,’ उनले भने, ‘३ दिनसम्म चल्ने सो एक्स्पोमा हाइड्रोका नयाँ प्रविधी देखि बैंक इन्स्योरेन्सलगायतका विषयमा छलफल हुनेछ ।’ तीन दिनसम्म चल्ने प्रदर्शनीमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान छ ।

हाइड्रो वस्तु तथा सेवा प्रतिस्प्रर्धा

यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थी एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु र सेवाबीच प्रतिस्पर्धा गराइने भएको छ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने छ ।

प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् भने द्वितीय र तृतीयलाई क्रमश २२ हजार २ सय २२ रुपैयाँ र ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL