Logo

नेक्स्ट जेन भर्नालाई ‘इण्डियन कार अफ दि इयर’ को सम्मान

नेक्स्ट जेन भर्नालाई ‘इण्डियन कार अफ दि इयर’ को सम्मान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हुण्डाईको नेक्स्ट जेन भर्नाले ‘इण्डियन कार अफ दि इयर (आइसीओटीवाई) २०१८’ को सम्मान पाएको छ ।

यो पुरस्कार भारतको प्रतिस्पर्धी अटो बजारमा दिइने सबैभन्दा विश्वसनीय र सर्वोत्कृष्ट पुरस्कार हो ।

यो पुरस्कारले विशेषतः गाडीको इञ्जिनियरिङ, डिजाइन, प्रभावकारीता र ग्राहक सन्तुष्टिलाई आधार बनाएर मूल्यांकन गर्छ । यससँगै हुण्डाईले आइसीओटीवाइ ५ पटक जितिसकेको छ ।

विश्वभरि करिब ९० लाख ग्राहक रहेको भर्ना एक उत्कृष्ट सेडान हो । आकर्षक बनावट, अत्याधुनिक विशेषता तथा सुबिधा भएको भर्नाले नेपालमा एक नयाँ अध्याय लेख्ने विश्वास कम्पनीको छ । भर्नाको सुपर बडी स्ट्रक्चर फ्रेमको निर्माणमा ५० प्रतिशत उच्च गुणस्तरयुक्त स्टिलको प्रयोग गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले हुन्डाइका सम्पूर्ण गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष निःशुल्क सर्भिसिङ र १ आर्थिक वर्षको सवारी कर चुक्ता सहित उपलब्ध गराउदै आएको छ ।

कम्पनीका अनुसार हुन्डाइका सम्पूर्ण गाडीहरु न्यून संञ्चालन खर्च, बलियो विक्री संञ्जाल, ग्राहकमैत्री सुबिधा, विश्वसनीय विक्री पश्चातको सेवा र अत्याधुनिक सर्भिस सेन्टरको विशेषता र सुविधाहरु सहित उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL