Logo

आईजीआईको हकप्रद बिक्री गर्न आईएमई क्यापिटललाई नियुक्त, चुक्ता पूँजी १ अर्ब पुग्दै

आईजीआईको हकप्रद बिक्री गर्न आईएमई क्यापिटललाई नियुक्त, चुक्ता पूँजी १ अर्ब पुग्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स (आईजीआई)को हकप्रद सेयर निष्काशनका लागि ग्लोवल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । आईजीआईले जारी गर्न लागेको १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको लागि आईएमई क्यापिटलाई नियुक्त गरेको हो ।

उक्त सम्झौतामा दुबै संस्थाका प्रतिनिधिले आज एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा आईजीआईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका हुन् ।

आईजीआईको २०७४ आश्विन १० गते सम्पन्न २० औं बार्षिक साधारण सभाले आफ्ना सेयरधनीलाई १० बराबर ८ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको थियो । उक्त हकप्रद निष्काशनसँगै आईजीआईको चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्ने कम्पनीका सिईओ श्रेष्ठले जानकारी दिए । साथै कम्पनीले बीमा समितिमा आफ्नो चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख पुर्याउने गरी पूँजी बृद्धि योजना पेश गरेका समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL