Logo

‘आइएमई छक्का–पञ्जा’ अफरको अन्तिम नतिजा सार्वजनिक, रोकायाले पाए १० लाख

‘आइएमई छक्का–पञ्जा’ अफरको अन्तिम नतिजा सार्वजनिक, रोकायाले पाए १० लाख


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ‘आइएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले पाएका छन् । आईएमईले पटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी ल्याएको ‘आइएमई छक्का–पञ्जा’ अफर अन्तर्गत मलेसियाबाट नेपालमा पैसा पठाउने रोकायाले सो ‘लक्कीड्र’ बाट विजेता घोषित भएका हुन् ।

रोकायाले बम्पर उपहार अन्तरतग १० लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै अन्तिम तथा छैठौं १५ दिनको जीवन बीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गरेका छन् । । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा जापानबाट नेपालमा पैसा पठाउने थापा भाग्यशाली विजेता छनौट भएका हुन् । थापाले सिफारिस गरेको व्यक्तिले ६ लाख रुपैयाँ बराबरको ६ लाख रुपैयाँको जीवन बीमा प्राप्त गर्नेछन् ।

विजेता घोषणा कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका ब्राण्ड एम्बासडर द्वय दीपक राजगिरी र दीपाश्री निरौलालगायत विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL