Logo

नेप्सेले खोज्यो ८ क्षेत्रमा विज्ञ, सूचीकृत हुन आब्हान

नेप्सेले खोज्यो ८ क्षेत्रमा विज्ञ, सूचीकृत हुन आब्हान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले विज्ञहरुको सुची तयार पार्ने भएको छ । नेप्सेले विभिन्न ८ वटा क्षेत्रका विज्ञहरुको सूची तयार पार्न सूचना नै प्रकाशित गरेको छ ।

नेप्सेले प्रकाशित गरेको सूचना अनुसार पूँजी बजार (दोस्रो बजारका) विज्ञ, कम्पनी कानुन र व्यापारिक कानुन, वित्तीय विश्लेषक, मानब संसाधन ब्यबस्थापन विज्ञ, नयाँ औजार निर्माण विज्ञ, द्धन्द्ध व्यबस्थापन विज्ञ, बस्तु तथा विनिमय बजार विज्ञ, प्रोक्र्युमेन्ट ब्यबस्थापन विज्ञलाई सूचीकरण हुन आग्रह गरेको छ ।

नेपालको पूँजी बजारमा थप व्यवस्थित र नयाँ ढाँचाबाट संचालन गर्नका लागि विज्ञहरुको सूची तयार पार्न लागिएको नेप्सेले जानकारी दिएको छ । साथै उक्त विज्ञहरुको सूची तयार भएसँगै नेप्से आगामी दिनमा लगानीकर्ता मैत्री कार्यक्रमहरु संचालन गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL