Logo

सिटीको अन्तिम हप्ताको विजेता घोषणा, महाराजगञ्जका थिङले पाए एल जी रेफ्रीजेरेटर

सिटीको अन्तिम हप्ताको विजेता घोषणा, महाराजगञ्जका थिङले पाए एल जी रेफ्रीजेरेटर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको अन्तिम हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता को घोषणा गरेको हो ।

चाँदीको सिक्का विजेताका रुपमा कल्पना लिम्बु, कमला बिक, नारायण प्रसाद न्यौपाने, अनिता देवी चौधरी, सारदा बेलबासे, कमल केसी र सिता कुमारी छेत्री छनोट भएका छन् ।

त्यस्तै ओप्पो फोन विजेताका रुपमा पोखराका बसन्धरी गौतम र ईलामकी दुर्गा माया राई छनोट हुनु भएकी छिन्। त्यसैगरी एल जी रेफ्रीजेरेटरको बिजेताको रूपमा महाराजगञ्जका चन्द्रबहादुर थिङ छनोट भएको कम्पनीले जानकारी दिएको छ ।
सिटी एक्स्प्रेसले दशैं तिहार र छठलाई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेको हो । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो ।

उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहारमा राखिएको हो ।

त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिएको हो ।

योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनोको क्विड आरएक्सएल कार जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL