Logo

सिटी एक्सप्रेसको भाइबर सेवा संचालन, ल्यापटपबाटै सम्पूर्ण जानकारी

सिटी एक्सप्रेसको भाइबर सेवा संचालन, ल्यापटपबाटै सम्पूर्ण जानकारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले भाइबर सेवा सुरु गरेको छ । कम्पनीले रेमिट्यान्स क्षेत्रमा पहिलो पटक उक्त भाइवर संचालनमा ल्याएको हो ।

सो सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट, कम्यूटर लगायतबाट रेमिट्यान्स सेवाको सम्पुर्ण जानकारी लिन सक्नेछन् ।

ग्राहकरुले सिटी एक्सपे्रसको भाइबर सेवामार्फत आफुले पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवा तथा अन्य सम्बन्धित जानकारी लिन सक्ने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । यो सेवा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकरुले मात्र नभई अन्य ग्राहकले पनि उपयोग गर्न सक्नेछन् ।

सञ्जाल विस्तारको क्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो करिब ५ हजार भन्दा बढि एजेन्टहरुद्वारा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL