Logo

सिडिएसको लगानीकर्तालाई अर्को निर्देशन, डिम्याट खाता तत्काल बन्द गर्नुस

सिडिएसको लगानीकर्तालाई अर्को निर्देशन, डिम्याट खाता तत्काल बन्द गर्नुस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताकर्ता दईभन्दा बढी डिम्याट खाता भएमा तत्काल बन्द गर्न निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डले असार कुनै पनि व्यक्तिले दुईभन्दा बढी डिम्याट खाता खोल्न नपाउने नियम ल्याएसँगै सिडिएसले लगानीकर्तालाई धेरै खाता भएमा बन्द गर्न निर्देशन दिएको हो ।

सिडिएसले केही समय दुईभन्दा बढी खाता भएमा बन्द गर्न निर्देशन दिएको थियो । तर, अझै पनि केही लगानीकर्ताले धेरै डिम्याट खाता प्रयोग गरिरहेको भेटिएपछि तत्काल बन्द गर्न दिर्नेशन दिएको हो ।

समय थप गरिएको मिति भित्र पनि दुईभन्दा बढी डिम्याट खाता संचालक गरेको भेटिएमा त्यस्ता खाता बन्द गरिने विज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL